ध्रुवचन्द्र गौतम

dhurvachandra

पुरस्कार मदन पुरस्कार २०४०
जन्म मिति वि.सं. २००१
पुरस्कार प्राप्त कृति अलिखित
परिचय
डा. ध्रुवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि.सं. २००१ साल पुस २ गते वीरगञ्ज मा भएको हो। उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। संवत् २०४१ साल आश्विन १३ गते आयोजित समारोहमा उनलाई ‘अलिखित’ नामक उपन्यासका लागि ‘मदन पुरस्कार २०४०’ बाट सम्मानित गरिएको थियो।