ग्रीष्मबहादुर देवकोटा

grishmabahadur

पुरस्कार मदन पुरस्कार २०२४
जन्म मिति वि.सं. १९७३—२०५१
पुरस्कार प्राप्त कृति नेपालको छापाखाना र पत्र-पत्रिकाको इतिहास
परिचय
ग्रीष्मबहादुर देवकोटाको जन्म बाबु वसन्तकुमार देवकोटा तथा आमा आनन्द कुमारीका सुपुत्रका रूपमा नरदेवी, काठमाडौंमा भएको थियो। उनको निधन २०५१ सालमा भएको थियो। संवत् २०२५ साल भाद्र ३० गतेका दिन आयोजित समारोहमा उनलाई ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ नामक ग्रन्थका लागि सामाजिक शास्त्रतर्फको ‘मदन पुरस्कार २०२४’ बाट सम्मानित गरिएको थियो।

शंकर लामिछाने

shankarlamichhane

पुरस्कार मदन पुरस्कार २०२४
जन्म मिति वि.सं. १९८४—२०३२
पुरस्कार प्राप्त कृति एब्सट्र्याक्ट चिन्तन-प्याज
परिचय
शंकर लामिछानेको जन्म वि.सं. १९८४ साल चैत्र महिनामा जैसीदेवल, काठमाडौंमा भएको थियो। उनको निधन ४६ वर्षको उमेरमा २०३२ सालमा काठमाडौंमा भएको थियो। संवत् २०२५ साल भाद्र ३० गतेका दिन आयोजित समारोहमा उनलाई ‘एब्स्ट्र्याक्ट चिन्तन-प्याज’ निबन्ध सङ्ग्रहको लागि गद्यतर्फको ‘मदन पुरस्कार २०२४’ बाट सम्मानित गरिएको थियो।