करुणाकर वैद्य

karunakar

पुरस्कार मदन पुरस्कार २०१४ | मदन पुरस्कार २०३६
जन्म मिति वि.सं. १९७१—२०४६
पुरस्कार प्राप्त कृति मृत्तिका उद्योग | नेपालका परम्परागत प्रविधि
परिचय
करुणाकर वैद्यको जन्म वि.सं. १९७१ को श्रावण महिनामा स्वठ नारायणस्थान, ललितपुरमा भएको थियो। उनको निधन २०४६ सालमा भएको थियो। उनलाई ‘मृत्तिका उद्योग’ नामक पुस्तकका लागि ‘मदन पुरस्कार २०१४’ र दोस्रोपटक ‘नेपालका परम्परागत प्रविधि’ नामक पुस्तकका लागि संयुक्तरूपमा ‘मदन पुरस्कार २०३६’ बाट सम्मानित गरिएको थियो।

लीलाध्वज थापा

liladhowaj

पुरस्कार मदन पुरस्कार २०१४
जन्म मिति वि.सं. १९७८—२०४१
पुरस्कार प्राप्त कृति मन
परिचय
लीलाध्वज थापाको जन्म कमलपोखरी, काठमाडौंमा वि. सं. १९७८ साल आषाढमा भएको थियो। उनलाई ‘मन’ नामक उपन्यासका लागि ‘मदन पुरस्कार २०१४’ बाट सम्मानित गरिएको थियो।