लक्ष्मीबहादुर श्रेष्ठ

laxmibahadur

पुरस्कार मदन पुरस्कार २०२१
जन्म मिति वि.सं. १९८५
पुरस्कार प्राप्त कृति वस्त्र निर्माणकला
परिचय
लक्ष्मीबहादुर श्रेष्ठ कोबहाल टोल, ललितपुरमा वि.सं. १९८५ साल मार्ग महिनामा बाबु कीर्तिबहादुर श्रेष्ठ र आमा बाबाज्यानका सुपुत्रकारूपमा जन्मेका हुन्। उनलाई ‘वस्त्र निर्माणकला’ नामक ग्रन्थको लागि विज्ञानतर्फको विषयमा ‘मदन पुरस्कार २०२१’ बाट सम्मानित गरिएको थियो।

नवराज चालिसे

navarajchalise

पुरस्कार मदन पुरस्कार २०२१
जन्म मिति वि.सं. १९९६
पुरस्कार प्राप्त कृति प्राचीन हिन्दू अर्थशास्त्र
परिचय
नवराज चालिसे बाबु नारायणप्रसाद चालिसे र आमा लक्ष्मीदेवी चालिसेका सुपुत्रका रूपमा बेसी गाउँ, जोरपाटी, काठमाडौंमा वि.सं. १९९६ साल वैशाख ३० गते जन्मेका हुन्। उनलाई ‘प्राचिन हिन्दू अर्थशास्त्र’ नामक पुस्तकको लागि सामाजिक शास्त्र विषयमा ‘मदन पुरस्कार २०२१’ बाट सम्मानित गरिएको थियो।

मुकुन्दशरण उपाध्याय

mukundaraj

पुरस्कार मदन पुरस्कार २०२१
जन्म मिति वि.सं. १९९७
पुरस्कार प्राप्त कृति प्राकृत पोखरा
परिचय
मुकुन्दशरण उपाध्याय वि.सं. १९९७ साल वैशाख ५ गतेका दिन बाबु पं. दशरथ उपाध्याय र आमा केशरकुमारीका सुपुत्रका रूपमा हेम्जा गाउँ, कास्की जिल्लामा जन्मेका हुन्। उनलाई ‘प्राकृत पोखरा’ नामक खण्डकाव्यका लागि ‘मदन पुरस्कार २०२१’ बाट सम्मानित गरिएको थियो।

बालकृष्ण पोखरेल

balkrishnapokharel

पुरस्कार मदन पुरस्कार २०२१
जन्म मिति वि.सं. १९९०
पुरस्कार प्राप्त कृति नेपाली भाषा र साहित्य
परिचय
बालकृष्ण पोखरेलको जन्म वि.सं. १९९० साल भाद्र कृष्णाष्टमीका दिन बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा चिसापानीगढी, मकवानपुरमा भएको हो। उनी रूपाबासी, केकेमनुक्च्यो पोखरेल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चर्चामा आएका छन्। उनलाई ‘नेपाली भाषा र साहित्य’ नामक ग्रन्थका लागि गद्य विधामा ‘मदन पुरस्कार २०२१’ बाट सम्मानित गरिएको थियो।

जनकलाल शर्मा

janaklalsharma

पुरस्कार मदन पुरस्कार २०२०
जन्म मिति वि.सं. १९९३—२०५८
पुरस्कार प्राप्त कृति जोसमनी सन्त-परम्परा र साहित्य
परिचय
जनकलाल शर्मा क्याबुङ, इलाममा वि.सं. १९८३ साल वैशाख १७ गतेका दिन बाबु गोविन्दप्रसाद शर्मा र आमा कौशल्यावतीको सुपुत्रका रूपमा जन्मेका थिए। उनको निधन ७५ वर्षको उमेरमा वि.सं. २०५८ सालमा भएको थियो। उनलाई ‘जोसमनी सन्त-परम्परा र साहित्य’ नामक ग्रन्थका लागि सामाजिक शास्त्र विधामा ‘मदन पुरस्कार २०२०’ बाट सम्मानित गरिएको थियो।

कोमलनाथ अधिकारी

komalnath

पुरस्कार मदन पुरस्कार २०२०
जन्म मिति वि.सं. १९५०—२०२३
पुरस्कार प्राप्त कृति नैषधीय चरित
परिचय
कोमलनाथ अधिकारीको  जन्म वि.स. १९५० सालमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने लमजुङ जिल्लाको दुराडाँडामा भएको थियो। उनलाई अनूदित साहित्य ‘नैषधीय चरित’ (श्री हर्षको महाकाव्य) नामक ग्रन्थको लागि ‘मदन पुरस्कार २०२०’ बाट सम्मानित गरिएको थियो।

गोपालप्रसाद रिमाल

gopalprasadrimal

पुरस्कार मदन पुरस्कार २०१९
जन्म मिति वि.सं. १९७५—२०३०
पुरस्कार प्राप्त कृति आमाको सपना
परिचय
गोपालप्रसाद रिमालको जन्म लगनटोल, काठमाडौंमा बाबु उमाकान्त रिमाल र आमा आदित्यकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७५ साल जेठ १८ गतेका दिन भएको थियो। उनको निधन २०३० सालमा काठमाडौंमा भएको थियो। उनलाई ‘आमाको सपना’ नामक कविता सङ्ग्रहको लागि ‘मदन पुरस्कार २०१९’ बाट सम्मानित गरिएको थियो।

रमेश विकल

rameshbikal

पुरस्कार मदन पुरस्कार २०१८
जन्म मिति वि.सं. १९८५
पुरस्कार प्राप्त कृति नयाँ सडकको गीत
परिचय
रमेश विकलको जन्म बाबु चन्द्रशेखर उपाध्याय र आमा छायादेवी भण्डारीको पुत्रको रूपमा वि.सं. १९८५ साल कात्तिक २९ गतेका दिन गोकर्ण आरुबारी, काठमाडौंमा भएको हो। उनको जन्मको नाउँ रामेश्वर चालिसे र बोलाउने नाउँ रामबाबु हो। उनलाई ‘नयाँ सडकको गीत’ नामक कथासङ्ग्रह ग्रन्थको लागि गद्य साहित्यमा ‘मदन पुरस्कार २०१८’ बाट सम्मानित गरिएको थियो।

भीमनिधि तिवारी

bhimnidhi

पुरस्कार मदन पुरस्कार २०१७
जन्म मिति वि.सं. १९६८—२०३०
पुरस्कार प्राप्त कृति विस्फोट
परिचय
भीमनिधि तिवारीको जन्म वि.सं. १९६८ फागुन मसान्तका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। उनको देहावसान २०३० सालमा भएको थियो। उनलाई ‘विस्फोट’ नामक पद्यविधाको ग्रन्थका लागि ‘मदन पुरस्कार २०१७’ बाट सम्मानित गरिएको थियो।

नित्यराज पाण्डे

nityaraj

पुरस्कार मदन पुरस्कार २०१६
जन्म मिति वि.सं. १९८८
पुरस्कार प्राप्त कृति महाकवि देवकोटा
परिचय
नित्यराज पाण्डेको जन्म १९८८ साल पौष २० गतेका दिन बालमन्दिर क्षेत्र, भगवतीबहाल, नक्साल काठमाडौंमा भएको हो। बाबुको नाम सिद्धिराज पाण्डे हो भने आमाको विद्याकुमारी। उनलाई ‘महाकवि देवकोटा’ शीर्षकको समालोचनासम्बन्धी ग्रन्थको लागि ‘मदन पुरस्कार २०१६’ बाट सम्मानित गरिएको थियो।