शान्तदास मानन्धर

पुरस्कार जगदम्बा-श्री २०७४
जन्म मिति वि.सं. १९९१
परिचय
शान्तदास मानन्धरको जन्म वि.सं. १९९१ जेठको शुक्ल दशमीमा काठमाडौंको वसन्तपुरमा भएको थियो। बाल साहित्यको विकास, विस्तार तथा प्रवर्धनमा पाँच दशकदेखि निरन्तर समर्पित रहेबापत  संवत् २०७५ साल आश्विन २५ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०७४’ बाट सम्मानित गरिएको थियो।

निलम कार्की ‘निहारिका’

पुरस्कार मदन पुरस्कार २०७४
पुरस्कार प्राप्त कृति योगमाया
परिचय
संवत् २०७५ साल आश्विन २५ गते आयोजित समारोहमा निलम कार्की ‘निहारिका’लाई ‘योगमाया’ भन्ने ग्रन्थको लागि ‘मदन पुरस्कार २०७४’ बाट सम्मानित गरिएको थियो।