भैरव रिसाल

पुरस्कार जगदम्बा-श्री २०६२
जन्म मिति वि.सं. १९८५
परिचय
भैरव रिसालको जन्म वि.सं. १९८५ सालमा भक्तपुरको गुण्डु गाविसमा भएको थियो। उनी नेपालमा वातावरण पत्रकारिताको अग्रज अभियानकर्ता हुन्। गत आधा शताब्दीदेखि नेपाली छापा तथा विद्युतीय माध्यममा संलग्न रही नेपाली पत्रकारिता तथा भाषाको विकासमा उल्लेखनीय योगदान गरे बापत  संवत् २०६३ साल आश्विन ८ गते आयोजित समारोहमा उनलाई ‘जगदम्बा-श्री २०६२’ बाट सम्मानित गरिएको थियो।

कृष्ण धरावासी

Krishna-Dharabasi

पुरस्कार मदन पुरस्कार २०६२
जन्म मिति वि.सं. २०१७
पुरस्कार प्राप्त कृति राधा
परिचय
कृष्ण धरावासीको जन्म २०१७ साल श्रावण २ गते पिता टीकाराम भट्टराई र माता अम्बिका भट्टराईका जेष्ठ सुपुत्रका रूपमा पाँचथर जिल्लाको अमरपुर गाउँमा भएको हो। उनको खासनाम कृष्णप्रसाद भट्टराई हो। संवत् २०६३ साल आश्विन ८ गते आयोजित समारोहमा उनलाई ‘राधा’ उपन्यासका लागि ‘मदन पुरस्कार २०६२’ बाट सम्मानित गरिएको थियो।