पुरस्कार | जगदम्बा-श्री २०५० |
जन्म मिति | वि.सं. २००२—२०६२ |
परिचय | |
तारादेवी श्रेष्ठको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा इन्द्रचोक काठमाडौंमा भएको थियो। वि.सं. २०६२ सालमा उनको निधन भयो। गत चारदशकदेखिको अथक साधनाद्वारा गायनकलामा उत्कृष्टता हासिल गरी नेपाली भाषालाई स्वदेशभित्र र बाहिरसमेत सङ्गीतको मधुरिमाद्वारा लोकप्रिय बनाई नेपाली वाङ्मयको श्रीवृद्धि गर्नमा उल्लेखनीय योगदान गर्नुभएकोले वहाँको राष्ट्रिय देनको कदर स्वरूप संवत् २०५१ साल आश्विन २२ गते आयोजित समारोहमा उनीलाई ‘जगदम्बा-श्री २०५०’ बाट सम्मानित गरिएको थियो। |
Archives
शरद्चन्द्र शर्मा भट्टराई
पुरस्कार | मदन पुरस्कार २०५० |
जन्म मिति | वि.सं. १९८७—२०५९ |
पुरस्कार प्राप्त कृति | माध्यमिक नेपाली गद्याख्यान |
परिचय | |
शरद्चन्द्र शर्मा भट्टराईको जन्म वि.सं. १९८७ साल कार्तिक ८ गते गैह्रीधारा, काठमाडौंमा भएको हो। २०५९ साल असोज २६ गतेका दिन उनको निधन भयो। संवत् २०५१ साल आश्विन २२ गते आयोजित समारोहमा उनलाई ‘माध्यमिक नेपाली गद्याख्यान’ नामक ग्रन्थका लागि ‘मदन पुरस्कार २०५०’ बाट सम्मानित गरिएको थियो। |