मोहनराज शर्मा

mohanrajsharma

पुरस्कार मदन पुरस्कार २०४२
जन्म मिति वि.सं. १९९७—२०७५
पुरस्कार प्राप्त कृति वैकुण्ठ एक्सप्रेस
परिचय
मोहनराज शर्मा धर्मस्थली, काठमाडौंमा वि.सं. १९९७ सालमा बाबु लोकनाथ शर्मा र आमा तारादेवी शर्माका सुपुत्रका रूपमा जन्मेका हुन्। उनको निधन वि.स. २०७५ माघ १० गते भएको थियो। संवत् २०४३ साल आश्विन २१ गते आयोजित समारोहमा उनलाई ‘वैकुण्ठ एक्सप्रेस’ (नाटक) ग्रन्थको लागि ‘मदन पुरस्कार २०४२’ बाट सम्मानित गरिएको थियो।