गङ्गाविक्रम सिजापती

gangabikram

पुरस्कार मदन पुरस्कार २०१५
जन्म मिति वि.सं. १९७२-२०४८
पुरस्कार प्राप्त कृति उद्यान
परिचय
गङ्गाविक्रम सिजापतीको जन्म वि.सं. १९७२ सालमा दुगमबहिल, काठमाडौंमा भएको थियो। उनी प्राविधिक विषय कृषिमा स्नातक थिए। उनलाई ‘उद्यान’ नामक ग्रन्थका लागि विज्ञानतर्फको ‘मदन पुरस्कार २०१५’ बाट सम्मानित गरिएको थियो। विशेष गरेर कृषि, पशुपालन, मत्स्यपालन र करेसासम्बन्धी विषयलाई व्यावसायिक रूपमा प्रचारप्रसार तथा बोध गराउन उनका पुस्तकहरूले ऐतिहासिक रूपमा मद्दत पुर्‍याएका छन्।

कृष्णचन्द्रसिंह प्रधान

krishnachandra

पुरस्कार मदन पुरस्कार २०१५
जन्म मिति वि.सं. १९८२
पुरस्कार प्राप्त कृति कवि व्यथित र काव्यसाधना
परिचय
कृष्णचन्द्रसिंह प्रधान नुंछेँगल्ली, काठमाडौंमा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन बाबु सूर्यप्रसादसिंह प्रधान र आमा मायादेवीका सुपुत्रका रूपमा जन्मेका हुन्। उनको घरमा बोलाउने नाम गोविन्दप्रसाद हो र साहित्यिक चिनारी कृष्णचन्द्रसिंह प्रधान हो। उनलाई ‘कवि व्यथित र काव्यसाधना’ नामक ग्रन्थका लागि गद्य विधामा ‘मदन पुरस्कार २०१५’ बाट सम्मानित गरिएको थियो।