२०८१।०६।१७ को पुरस्कार समर्पण समारोहमा "जगदम्बा-श्री २०८०" का लागि प्रा.डा. योगेन्द्र प्रसाद यादवज्यू तथा "मदन पुरस्कार २०८०" का लागि 'मुकाम रणमैदान : नेपाल-अंग्रेज युद्धको बखान' कृतिका लेखक श्री मोहन मैनालीज्यूलाई सम्मानित गरियो।
मदन पुरस्कार
मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरू मध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। मदन पुरस्कार स्थापना हुने घोषणा सवर्प्रथम २०१२ साल असोज १० गते भएको थियो।
मदन पुरस्कार गुठी
स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो।
जगदम्बा-श्री
जगदम्बा-श्री नेपाली भाषा, साहित्य, संस्कृति लगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान गरिने सम्मान पुरस्कार हो। गुठीका संस्थापिका स्व. रानी जगदम्बाकुमारी देवीको स्मृतिमा २०४५ सालमा यो सम्मान पुरस्कार स्थापना भएको हो।
मदन पुरस्कारबाट सम्मानित कृतिहरू
यही भदौ २९ गते बसेको मदन पुरस्कार गुठीको साधारण सभाको बैठकले २०७० सालको मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार को घोषणा गरेको छ। सोही साधारण सभाले २०७० सालको पुरस्कार जगदम्बा-श्री ” नेपाली साहित्यिक पत्रकारिताको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट सङ्कलन, तिनको समीक्षा, समालोचना तथा लेखन गरी नेपाली भाषाको अविरल रूपमा सेवा गरिरहे बापत्” श्री शिव रेग्मीलाई प्रदान गर्ने निर्णय गर्यो।
त्यसैगरी २०७० सालको मदन पुरस्कार “खलङ्गामा हमला- एउटी नर्सको डायरी” का लागि श्री राधा पौडेल लाई प्रदान गर्ने निर्णय गरेको छ।
२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको यस गुठीले २०४५ सालमा उहाँको निधनपछि उहाँका सम्झना स्वरूप पुरस्कार जगदम्बा-श्री थप गरेको हो। हाल दुवै पुरस्कार २/२ लाख रूपैयाँका छन्।
यी पुरस्कारहरु अब आउँदो नौरथामा वितरण गरिनेछन्।
मदन पुरस्कार गुठी यस समाचारलाई यथाशीघ्र प्रचार-प्रसार गरियोस् भन्ने हार्दिक अपिल गर्दछ।